काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइका लागि पेसी तोकिएको छ । प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा सुनुवाइ हुँदैछ ।
भक्तपुरस्थित निवासबाटै सुरक्षाकर्मीले पक्राउ गरेपछि प्रसाईंको हकमा अधिवक्ता सुरेश बोहराले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएका थिए ।
गत आइतबार प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । यसअघि विद्युतीय अपराध मुद्दा खेपेर माघ २५ मा हाजिर जमानीमा रिहा भएका प्रसाईं फागुन ४ मा फेरि पक्राउ परेका थिए ।
Artha Sanjal






