लघु जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन ६३ करोड रुपैयाँमाथि, कुनको कति ?

काठमाडौं । नेपाल बीमा प्राधिकरण ले सार्वजनिक गरेको विवरणअनुसार नेपालमा सञ्चालनमा रहेका तीन लघु जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको माघ मसान्तसम्म ६३ करोड ७५ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन्।

सात महिनाको अवधिमा लघु जीवन बीमा कम्पनीहरूबीच बीमा शुल्क संकलनमा कडा प्रतिस्पर्धा देखिएको छ।

विवरणअनुसार क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स ले २२ करोड ८१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दै अग्रस्थानमा रहेको छ। त्यसैगरी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स ले २२ करोड ७३ लाख रुपैयाँ संकलन गर्दै निकै नजिकबाट पछ्याएको छ। यी दुई कम्पनीबीचको अन्तर केवल ८ लाख रुपैयाँ मात्र रहेको छ।

त्यस्तै लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स ले समीक्षा अवधिमा १८ करोड २० लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ।
लघु जीवन बीमा कम्पनीहरूले ग्रामीण तथा दुर्गम क्षेत्रसम्म शाखा सञ्जाल विस्तार गर्दै बीमा पहुँच वृद्धि गर्ने रणनीति अपनाइरहेका छन्।

न्यून आय भएका वर्गलाई लक्षित गरी साना बीमांकका योजना बजारमा ल्याइएकाले वित्तीय समावेशीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *