ओटीसी बजारमा ६ महिनामा डेढ अर्ब बढीको शेयर कारोबार

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तर्गत सञ्चालित ओभर द काउन्टर (ओटीसी) बजारमा १ अर्ब ४७ करोड १९ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

नेप्सेका अनुसार २५ कम्पनीका ३३ वटा कारोबारबाट १ करोड २६ लाख ९७ हजार ४८८ कित्ता शेयर किनबेच भएका हुन्। ओटीसी बजारमा नेप्सेमा सूचीकृत नभएका पब्लिक कम्पनीहरूको शेयर कारोबार हुन्छ।

६ महिनामा बीमा ब्रोकर, शेयर ब्रोकर, होटल, क्यापिटल, स्टिल, हाइड्रोपावर कम्पनीदेखि चर्चित डिजिटल वालेट इसेवासम्मका कम्पनीको शेयर कारोबार भएको छ। एउटै कम्पनीको शेयर मूल्यसमेत कारोबारअनुसार फरक–फरक कायम भएको देखिन्छ।

मूल्यका आधारमा फेडरल रि इन्स्योरेन्स ब्रोकर लिमिटेड को शेयर प्रतिकित्ता १,०१० रुपैयाँमा कारोबार हुँदै उच्चतम मूल्य कायम भएको छ। ओटीसीमा क्रेता–बिक्रेताबीच सहमतिमा तय भएको मूल्यले कानुनी मान्यता पाउने तथा पुँजीगत लाभकर गणनामा यही मूल्य आधार मानिने व्यवस्था छ।

प्रमुख कम्पनीहरूको कारोबार विवरण (पहिलो ६ महिना)

कम्पनी कारोबार संख्या कारोबार कित्ता मूल्य दायरा (रु.)
अदार मल्टी इन्भेष्टमेन्ट १,०५,००० ९१.०७ – १३२.४७
बुढानिलकण्ठ हेरिटेज ४२,४२,९२३ ६३.१७ – ८०
गर्ज्याङ उपत्यका हाइड्रोपावर १,८५,१०५ ११२.५० – १३०
होटल फरेष्ट इन १७,६०,००० १०० – १२४.२९
मिल्कीवे शेयर ब्रोकर १,७०,०००
सर्वोत्तम स्टिल्स १९,२३,७४८ १३० – १४०.९०
फेडरल रि इन्स्योरेन्स ब्रोकर २५,००० १,०१०

ओटीसी बजारमा सूचीकृत नभएका कम्पनीहरूको सीमित तर उल्लेख्य कारोबार भइरहेको नेप्सेले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *