काठमाडौं। चितवनको ब्रह्मनगरमा उद्योग स्थापना गरेको सांग्रिला डिस्टिलरीले व्यावसायिक उत्पादन सुरु गरेको छ। डिस्टिलरी उत्पादन क्षमता र प्रविधिका हिसाबले देशकै ठूलो रहेको उद्योगको दाबी छ।
चितवनको सिमलटाडीमा ८० हजार वर्गफिटमा फैलिएको यो उद्योगमा नेपालमा निर्मित अहिलेसम्मको सबैभन्दा ठूलो डिस्टिलरी पूर्वाधार बनाइएको छ।
उद्योगमा आधुनिक मदिरा भण्डारण प्रणाली, ब्लेन्डिङ ट्यांक, ब्लेन्डिङ भण्डारण ट्यांक, होल्डिङ ट्यांक र अन्तर्राष्ट्रिय उत्पादन मापदण्ड पूरा गर्न डिजाइन गरिएको पूर्ण स्वचालित उत्पादन मेसिनरी राखिएको कम्पनीले जनाएको छ।
यो डिस्टिलरीले २५ यूपी, ३० यूपी, ४० यूपी र ७० यूपी श्रेणीसहित विभिन्न प्रकारका मदिराको उत्पादन गर्नेछ। यसका प्रमुख ब्रान्डहरुमा तेजस गोल्ड ह्विस्की, तेजस ब्ल्याक ह्विस्की, रिफ भोड्का, भी एट (भी८) प्रिमियम भोड्का रहेका छन्।






