काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की आज मुस्ताङ जिल्ला पुगेकी छन् ।
शुक्रबार मुस्ताङ पुगेकी प्रधानमन्त्री कार्कीले हिमाली बस्तीहरूको स्थलगत अवलोकन गरेकी छन् । मौसम प्रतिकूलताका कारण २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रभावित हुन सक्ने चर्चा भइरहेका बेला उनले जिल्लाको भ्रमण गरेकी हुन् ।
प्रधानमन्त्री कार्कीले २१ फागुनमै एकै चरणमा निर्वाचन सम्पन्न हुने बताउँदै तयारीमा कुनै कमी नरहने विश्वास व्यक्त गरेकी छन् । उनले मुस्ताङका स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्दै निर्वाचनप्रति उत्साह कायम राख्न आग्रह गरिन् ।
त्यसैगरी, प्रधानमन्त्री कार्कीले जिल्लास्थित सरकारी अधिकारीहरूसँग भेट गरी निर्वाचन तयारीबारे जानकारी लिएकी छन् ।
भ्रमणका क्रममा उनले प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिरको दर्शनसमेत गरेकी छन् ।







