वाणिज्य विभागद्वारा ११ फर्ममा अनुगमन, दुई वटालाई नगद जरिवाना

काठमाडौं। नियमित रूपमा बजारको अनुमगन गर्दै कानुन कार्यान्वयन गराउँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ।

विभागले गरेको स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि ललितपुर महानगरपालिका-१५ मा रहेको घिमिरे स्टोरलाई ११ हजार जरिवाना गरेको छ।

न्यू म्याक्स स्टोर भक्तपुर सल्लाघारीलाई पाँच हजार जरिवाना गरेको छ। ती फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिमको कसुरमा कारबाही गरेको हो।

हिमालयन डेरी प्रोडक्सन र युसा डेरीलाई भने व्यवसायसँग सम्बन्धित कागजात लिई विभागमा उपस्थित हुन निर्देशन दिएको छ। विभागले अन्य ९ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ।

स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाहरुको उपस्थितिमा विभागले नियमित रुपमा बजार अनुमगन गर्दै आएको छ।
Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *