काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले ३ हजार ९१६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ।
इच्छुक संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित आफूले खरिद गर्न चाहेको शेयरको मूल्य समेत खुलाई काठमाडौंको टंगालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। यस शेयरमा संस्थापक शेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।
कम्पनीले तोकेको समयावधिभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि कुनै आवेदन नआएमा प्रचलित कानुन अनुसार अन्य व्यक्ति वा संस्थापकलाई सो शेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।
Artha Sanjal







