नेशनल लाइफद्वारा मधेस प्रदेशका अभिकर्ता सम्मानित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले जनकपुरस्थित मिथिला यात्रीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सीईओ क्लब सदस्य सम्मान गरेको छ ।

आर्थिक वर्ष २०८१/८२मा तोकिएको बीमा शूल्क संकलन गरी मधेस प्रदेशबाट ७७ जना अभिकर्तासहित विभागीय प्रमुखहरू, प्रदेश प्रमुख एवं मधेस प्रदेशअन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले सीईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई सम्मान गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले मधेस प्रदेशबाट सीईओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरूलाई सीईओ क्बलको सदस्यता वितरण तथा सम्मान गरे ।

नेशनल रत्न र नेशनल स्टार विजेता अभिकर्ताहरूलाई पनि नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरे ।

उक्त प्रदेशबाट कोड र सञ्जालमा प्रथम द्वित्तीय र तृत्तीय भएका अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *