होटल फरेस्ट इनको आईपीओमा सवा २३ लाख बढीको आवेदन, मागभन्दा ८ गुणा बढी

काठमाडौं। होटल फरेस्ट इनले १०० रुपैयाँ अंकित मूल्यका ३३ लाख २० हजार कित्ता सेयरका लागि आवेदन माग गरे पनि अन्तिम दिन सोमबारसम्म २३ लाख ३० हजार ८६ आवेदनकर्ताबाट २ करोड ६३ लाख ६० हजार ५०० कित्ताको आवेदन परेको छ।

कम्पनीको आईपीओमा मागभन्दा झन्डै ८ गुणा बढी आवेदन परेको हो। आवेदनमार्फत २ अर्ब ६३ करोड ६० लाख ५० हजार रुपैयाँ जम्मा भएको छ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल रहेको छ। आवेदन दिएमध्ये ३ लाख ३२ हजार लगानीकर्ताले सेयर पाउनेछन् भने १९ लाख ९८ हजार ८६ जनाको हात रित्तो हुनेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *