शेयर बजारमा २६ अंकको गिरावट, १० अर्ब ७७ करोडकाे कारोबार

काठमाडौं । आज साताकाे दोस्रो काराेवारकाे दिन शेयर बजार दाेहाेराे अंकले घटेको छ । नेप्से परिसूचक २६.०५ अंकले घटेर २६७२.३९ को विन्दुमा कायम भएको छ ।

आज ३२४ कम्पनीको शेयर किनबेच हुँदा १० अर्ब ७७ करोड माथिको शेयर कारोबार भएको छ । आज ४२ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २१२ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै रिडी पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७७ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भउको छ । एसवाई प्यानलको ५४ करोड माथिको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको ४८ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका हुन् । रिडी पावरका लगानीकर्ताले ९.११ प्रतिशतका दरले कमाएका छन् । लिबर्टी इनर्जीका लगानीकर्ताले ७.८४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मायाखोला हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५.४० प्रतिशतका दरले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *