पूर्वमन्त्री जितेन्द्र देवले त्यागे एमाले

काठमाडौं । पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरेका छन् । उनले आज विज्ञप्ति जारी गरी एमाले परित्याग गरेको जानकारी दिएका हुन् ।

तत्कालीन नेकपा मानन्धर समूहबाट राजनीति थालेका जितेन्द्र देव नेकपा एमालेको केन्द्रीय सदस्य,नागरिकता जाँचबुझ आयोगको अध्यक्षजस्ता जिम्मेवारीमा रहेका थिए ।

उनी एमाले प्रवेश गरेको एक वर्ष नपुग्दै फेरि पार्टी छाडेर बाहिरिनुमा पार्टीभित्रमा व्यक्तिवाद हाबी रहेको बताएका छन् । उनले ४० वर्ष लामो राजनीतिक जीवनमा नेकपा मानन्धर, नेकपा एमाले, नेकपा माले, मधेशी जनअधिकार फोरम, लोकतान्त्रिक फोरम र नेपाली कांग्रेस पार्टीमा आफूलाई प्रवेश गराएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *