काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य तोलामा ४४० रुपैयाँ घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ७ हजार ६५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।







