नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। एकैदिनमा सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज कायम मूल्य हालसम्मकै उच्च हो ।
आज सुनको मूल्य तोलामा ३ लाख ९ हजार रुपैयाँ पुगेको छ। यसअघि आइतबार सुनको मूल्य तोलामा ३ लाख ३ हजार ८ सय रुपैयाँ रहेको थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य आज तोलामा ६ हजार ७ सय ६५ रुपैयाँ कायम गरिएको छ। हिजो चाँदीको मूल्य तोलामा ६ हजार ४ सय ८० रुपैयाँ रहेको थियो ।
Artha Sanjal






