सुपरमाई हाईड्रोपावरको सेयर रजिष्ट्रारमा माछापुच्छ्रे क्यापिटल नियुक्त

काठमाडाैं । सुपरमाई हाईड्रोपावर लिमिटेडले आफ्नो धितोपत्र कारोबार व्यवस्थापन र रजिष्ट्रार सम्बन्धी कार्यका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारको रूपमा नियुक्त गरेको छ ।

कम्पनीकाअनुसार माछापुच्छ्रे क्यापिटललाई धितोपत्रसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, सेयर टुक्र्याउने तथा सेयरवालाको लगत अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरू सञ्चालन गर्ने जिम्मेवारी दिइएको छ ।

क्यापिटललाई आगामी ३ वर्षका लागि फागुन १ गतेदेखि लागू हुनेगरी सेयर रजिष्ट्रार नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *