सुदूरपश्चिमेली नेपाली समाजको केन्द्रीय समितिमा धर्मेन्द्र क्षेत्री मनोनित

‎अछाम । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कार्यसमितिका निवर्तमान सदस्य तथा लामो समयदेखि पत्रकारितामा सक्रिय रहेका धर्मेन्द्र क्षेत्री सुदूरपश्चिमेली नेपाली समाज (अन्तर्राष्ट्रिय समिति) को केन्द्रीय कार्यसमितिमा मनोनित भएका छन्। समाजको तेस्रो महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठकको निर्णय अनुसार क्षेत्रीलाई केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनयन गरिएको हो ।

सुदूरपश्चिमेली नेपाली समाजद्वारा जारी गरिएको पत्रअनुसार विधानको व्यवस्था बमोजिम सबै राष्ट्रबाट प्रतिनिधित्व हुने गरी कार्यसमिति गठन गर्ने क्रममा क्षेत्रीलाई सदस्यमा समेटिएको जनाइएको छ। ‎सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लाको डडेल्धुरा बजारमा २०८२ साल असोज २२ गते सम्पन्न तेस्रो महाधिवेशन पछि अध्यक्ष शेर बहादुर रावतको नेतृत्वमा ३५ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरिएको थियो।

‎सोही कार्यसमितिमा विभिन्न पद रिक्त रहेकाले विधान अनुसार मनोनयन प्रक्रिया अघि बढाइएको हो। ‎हाल अध्ययनको सिलसिलामा बेलायतमा रहेका क्षेत्रीले लामो समय पत्रकारिता मार्फत सामाजिक मुद्दा, सुशासन र नागरिक सरोकारका विषयमा कलम चलाउँदै आएका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *