नागरिक लगानी कोषद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु. ५१ लाख योगदान

काठमाडाैं । नागरिक लगानी कोषले गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भएका भौतिक संरचना, आर्थिक पुनरुत्थान र राहत सम्बन्धी कार्यका लागि नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख योगदान गरेको छ।

उक्त रकमबराबरको चेक नागरिक लगानी कोषका अध्यक्ष तुलसी प्रसाद घिमिरेले आज अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरे। यस अवसरमा अर्थ सचिव डा. घनश्याम उपाध्याय, सहसचिव उत्तर कुमार खत्री र नागरिक लगानी कोषका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्की समेत उपस्थित थिए ।

अर्थमन्त्री खनालले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा पुर्याएको योगदानप्रति नागरिक लगानी कोषलाई हार्दिक धन्यवाद ज्ञापन गरे ।

साथै, आजको मितिसम्म उक्त कोषमा जम्मा रकम १४ करोड ७ लाख रुपैयाँ पुगेको जानकारी गराइएको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *