प्लास्टिकजन्य वस्तु बिक्री-वितरण नगर्न वाणिज्य विभागको निर्देशन

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुको बिक्री–वितरणमा कडाइ गर्ने भएको छ।

विभागले एकैपटक १९ वटा प्लास्टिक उद्योग तथा पसलमा अनुगमन गर्दै ४० माइक्रोनभन्दा कमका प्लास्टिक झोला अब बिक्री–वितरण नगर्न निर्देशन दिएको हो।

अनुगमनका क्रममा विभागले सम्बन्धित उद्योग तथा व्यवसायीलाई विभिन्न सुधारात्मक निर्देशनसमेत दिएको जनाएको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन तथा कारबाही प्रक्रिया अघि बढाइएको विभागको भनाइ छ।

विभागका अनुसार निरुज प्लास्टिक उद्योग, एमएन प्लास्टिक उद्योग, नेसनल प्लास्टिक इन्डस्ट्रिज, कुँवर फर्निचर उद्योग र दीक्षा स्टोरलाई आवश्यक निर्देशन दिइएको छ।

यस्तै, पशुपतिनाथ इन्टरप्राइजेज, युनिभर्सल ट्रेडर्सलगायत अन्य प्लास्टिक उद्योग, पसल तथा आयातकर्तालाई पनि ४० माइक्रोनभन्दा कमका प्लास्टिक झोलाको बिक्री–वितरण नगर्न निर्देशन दिइएको छ। वातावरण संरक्षणलाई ध्यानमा राख्दै यस्तो कदम चालिएको विभागले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *