काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमका अनुसार आज २०८२ पौष १६ गते इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार इन्धनको खुद्रा बिक्री मूल्य समायोजन गरिएको हो।
समायोजनअनुसार पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ, डिजेल तथा मट्टीतेलमा प्रति लिटर ५ रुपैयाँ र हवाइ इन्धनमा प्रति लिटर ६ रुपैयाँले मूल्य घटाइएको छ।
यसैगरी, एलपी ग्यासको खरिद मूल्य प्रति सिलिन्डर १०० रुपैयाँ ३५ पैसाले बढेर आए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै बिक्री मूल्य यथावत राख्ने निर्णय गरिएको निगमले जनाएको छ।
निगमले मूल्य स्थिरीकरण कोष प्रयोग गरी उपभोक्तालाई राहत दिने प्रयासलाई निरन्तरता दिइरहेको उल्लेख गर्दै मूल्य समायोजनसम्बन्धी विस्तृत विवरण छुट्टै सार्वजनिक गरिएको जानकारी दिएको छ।

Artha Sanjal






