काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) का प्रमुख स्वकीय सचिव भूपदेव शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री बन्ने भएका छन्। पार्टी निकट स्रोतका अनुसार रास्वपामा समायोजन गर्दै वार्ता समितिमा रहेका शाहलाई बालेनका सिफारिस अनुसार सहमहामन्त्रीको जिम्मेवारी सुम्पिने तयारी भइरहेको छ।
बालेनका स्वकीय सचिव शाह अछाम–२ क्षेत्र बाट प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष उम्मेदवार बन्ने सम्भावनासमेत रहेको बताइएको छ। उक्त क्षेत्र शाहको जन्मस्थल पनि रहेको स्रोतले जानकारी दिएको छ।
२०७९ सालको स्थानीय तह निर्वाचनबाट बालेन काठमाडौं महानगरपलिकाको मेयर बनेपछि प्रमुख स्वकीय सचिवमा शाहलाई नियुक्त गरेका थिए। त्यसयता उनी बालेनका सबैभन्दा विश्वासयोग्य एवम् निकट सहयोगीका रूपमा छन्। त्यस्तै, बालेनका निर्णयहरुमा उनको भूमिका महत्वपूर्ण रहेको बताइएको छ।






