च्याउ खेतीमा प्रविधिको विकास र दक्ष जनशक्तिको उपलब्धता पर्याप्त छैन् : मन्त्री परियार

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा.मदन परियारले नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा प्रथम राष्ट्रिय च्याउ दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालमा उपभोक्ताहरुमा च्याउ सेवनको महत्वको ज्ञान वृद्धिसँगै माग बढ्दै गएकाले नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना रहेको बताए ।

साथै उनले नेपालको रैथाने च्याउहरुसँगै नयाँ प्रजातीको अध्ययन अनुसन्धानगरी खेती प्रविधिहरुको विकास र दक्ष जनशक्तिको उपलब्धता पर्याप्त हुन नसकेको धारणा राखे ।

उनले भने,‘नेपालमा उपभोक्ताहरुमा च्याउ सेवनको महत्वको ज्ञान वृद्धिसँगै च्याउको माग बढ्दै गएकाले नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छ । नेपालको रैथाने च्याउहरुसँगै नयाँ प्रजातिको अध्ययन अनुसन्धान गरी खेती प्रविधिहरुको विकास र दक्ष जनशक्तिको उपलब्धता पर्याप्त हुन सकेको छैन् ।’

च्याउ गुणस्तर नियमन तथा विऊ उत्पादन परिक्षण लगायतका कार्यका लागि आधुनिक प्रयोगशाला निर्माण यसै वर्ष सम्पन्न हुने उनले जानकारी गराए ।

मन्त्री परियारले न्यून आय स्रोत भएका कृषकहरुलाई च्याउ खेती जीविकोपार्जनको लागि राम्रो खेती हुनसक्ने धारणा राखे ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *