बलियासँग लड्नका लागि दुब्लाले गर्ने भनेकै एकता हो : ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले कुखुरा, बाख्रा र स्यालको मोर्चाले बाघको सिकार गर्न नसक्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एमालेको ११ औं महाधिवेशनका सन्देश र राजनीतिक निकास विषयक विचार गोष्ठीमा उनले बलियासँग लड्नको लागि दुब्लाले एकता नै गर्ने भन्दै विशाल एमाले देखेपछि कुखुरा, बाख्राको मोर्चा बनेको बताए ।

उनले भने, ‘यसो हेर्दा विशाल एमाले देखेपछि तिमी र म मिलौं भन्या छ, उसँग पनि मिलौं भन्या छ । विशाल एमालेसँग भीड्नु छ अनि मिलौं भनिएको छ । कुखुरा र बाख्राले मोर्चा गरेर, स्यालले मोर्चा गरेर बाघ र सिंहको शिकार हुन्छ र ? प्रतिस्पर्धा हुन्छ ? दुब्लाको काम नै मोर्चा गर्ने हो । बलियासँग लड्नको लागि दुब्लाले गर्ने नै एकता हो, आज पनि एउटा एकता हुन्छ राति सम्ममा, भोलि पनि हुन्छ ।’

यस्तै, उनले चुनाव आउनु अगाडि नै प्रधानमन्त्री बनाइसकेको टिप्पणी गर्दै यसको जवाफ दिने प्रतिक्षाका साथ तयारी पनि गरिरहेको बताए ।

उनले भने, ‘महाधिवेशनले अर्को एउटा अवसरमा जवाफ दिने प्रतिक्षाका साथ तयारी पनि गरेको छ । त्यो भनेको देशमा को लोकप्रिय छ भन्ने अलिकति चर्चा निर्वाचनसम्म नै रहन्छ ।

प्रधानमन्त्री बनाइसके मान्छेले, हामी चुनाव पर्खिरहेका छौं । कहिले होला ? फागुन २१ मा होला वा बैशाखमा होला वा अर्को मंसिरमा होला हामी पर्खिरहेका छौं ।’

महाधिवेशले जसरी धेरै कुराहरुको जवाफ दिएको थियो त्यस्तै निर्वाचनबाट राष्ट्रिय फैसला पनि दिने भन्दै त्यसका लागि तयार छौ भन्ने कुराको सन्देश पनि महाधिवेशले दिएको उनको भनाई छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *