घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

काठमाडाैं। नेपाली बजारमा सुनकाे मूल्यले प्रतितोला ६०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार सुनको मूल्य प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ । आजको बजारमा चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । आईतबार भने चाँदी प्रतितोला ४ हजार ८३५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *