काठमाडौं । रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेर निस्किएका छन्। ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको निवासमा भएको उक्त वार्ता सकेर लामिछाने भर्खरै निस्किएका हुन्।
सञ्चारकर्मीले वार्ताबारे प्रश्न गर्दा उनले भने, “मेरो अनुहारले के भन्छ?” पछि सोधिएको अर्को प्रश्न ‘लौरो टेक्ने कि घण्टी बजाउने?’ मा जवाफ दिंदै लामिछानेले भने, “बाँकी समयले बताउला, वार्ता राम्रो भयो।”







