काठमाडौं । पुस ११ गतेदेखि सुरु हुने नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप–२०८२ को खेल तालिका सार्वजनिक भएको छ।
प्रतियोगिताको उद्घाटन खेल हेल्प नेपाल र एपीएफबीच हुनेछ।
पुस ११ देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ ८ गरी २० टोली सहभागी छन्।
च्याम्पियनसिपको फाइनल खेल पुस २० मा हुनेछ। महिला तथा पुरुष दुवैतर्फ विजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।








