काठमाडौं । आज साताको दोस्रो दिन पनि शेयर बजार घटेको छ । नेप्से परिसूचक १३.८८ अंकले घटेर २५८१.२१ को विन्दुमा बन्द भएको छ ।
आज ३३२ कम्पनीको शेयर किनबेच हुँदा ३ अर्ब ५१ करोडको शेयर कारोबार भएको छ । आज ५४ कम्पनीको शेयर मूल्य बढेको छ भने २०० कम्पनीको घटेको छ ।
आज सबैभन्दा धेरै लुम्बिनी विकास बैंकको कारोबार भएको छ । आज यस बैंकको १० करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सन नेपाल लाइफको ८ करोड २६ लाखको शेयर कारोबार भएको छ । मञ्जुश्री फाइनान्सको ७ करोड ३९ लाखको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एसवाई प्यानलका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । सिटिजन्स बैंक डिबेञ्चरका इकाईधनीले ६ प्रतिशतका दरले कमाएका छन् । केबिएल डिबेञ्चरका इकाईधनीले ५.९२ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै मानुषि लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.८४ प्रतिशतका दरले गुमाएका हुन् ।







