काठमाडौं । नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहबीच बुधबार भएको झडपपछि बाराको सिमरा क्षेत्र आज पनि अशान्त बनेको छ।
तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले बुधबार कर्फ्यू आदेश नै जारी गरेको थियो । बेलुकीपछि भने स्थिति शान्त बनेको थियो ।
आज बिहीबार बिहान १० बजेबाट जेनजी युवाले सिमरा चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । आफूहरूमाथि कुटपिट गर्ने एमाले नेता–कार्यकर्ता पक्राउको माग गर्दै जेनजीले प्रदर्शन गरेका हुन् ।
Artha Sanjal






