४ महिनामा साढे ३६ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, कुन क्षेत्रमा कति ?

काठमाडौं। चालू आर्थिक वर्षको पहिलो ४ महिनामा साढे ३६ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएकोछ।

उद्योग विभागको पछिल्लो तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८२/८३ को कात्तिकसम्म विभिन्न ८ उद्योग समूहमा ३६ अर्ब ६८ करोड रुपैयाँ बढीको वैदेशिक लगानी स्वीकृत भएको हो।

यो अवधिमा ३८२ परियोजना दर्ता भएका छन्। यीमध्ये सबैभन्दा धेरै परियोजना सूचना तथा सञ्चार प्रविधि क्षेत्रका छन्। आईसीटी क्षेत्रमा मात्र २०५ परियोजना स्वीकृत भए पनि  ८७ करोड ४३ लाखको लगानी प्रतिबद्धता प्राप्त भएको छ। जस अनुसार सबैभन्दा धेरै लगानी रकम कृषि तथा वन आधारित उद्योग क्षेत्रमा आकर्षित भएको छ। जसमा १३ उद्योगका लागि २१ अर्ब ८८ करोड बढी लगानी स्वीकृत भएको छ।

विभागका अनुसार पर्यटनतर्फ ११८ उद्योगका लागि ८ अर्ब ९४ करोड, सेवाक्षेत्रमा २३ उद्योगका लागि ३ अर्ब ९ करोड, उत्पादनमूलक २१ वटा उद्योगका लागि १ अर्ब ६५ करोड, ऊर्जामूलक १ वटा उद्योगका लागि  १८ करोड,  खानी क्षेत्रको १ वटा उद्योगका लागि ४५ लाख वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ। चालू आर्थिक वर्षको कात्तिकमा ७१ वटा उद्योगका लागि १ अर्ब ५४ करोड ३९ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता  प्राप्त भएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *