हाम्रो सबै गतिविधि अहिंसात्मक हुन्छ: दुर्गा प्रसाईं समूह

काठमाडौं। सिंहदरबारस्थित गृहमन्त्रालयमा वार्ताका लागि पुगेको दुर्गा प्रसाईंको समूहले आफ्ना सबै गतिविधि अहिंसात्मक हुने प्रतिबद्धता जनाएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालसँग भएको कुराकानी गरेपछि प्रसाईंका प्रतिनिधिहरुले आफ्ना २६ बुँदे माग राख्दै गतिविधि अहिंसात्मक हुने बताएका हुन् ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, प्रसाईंको पक्षबाट राखिएका कतिपय मागहरु वर्तमान सरकारले समेत अघि बढाइरहेका विषयहरु नै थिए । ‘कतिपय चाँहि राजनीतिक प्रकृतिका मागहरु छन्, त्यसलाई चाँहि हामीले राजनीतिक प्रक्रियाबाट आउनुस् भनेका छौं,’ काफ्लेले कान्तिपुरसँग भने, ‘हामीले निर्वाचनबाट म्यान्डेट लिएर आउनुस् भनेपछि उहाँहरुले हामी दल दर्ता गर्ने प्रक्रियामा छौं भन्नुभयो ।’

व्यवस्था परिवर्तन र हिन्दुराष्ट्र स्थापना हुनुपर्ने मागमा राजनीतिक ढंगबाट समाधान खोज्न गृहमन्त्री अर्यालले भनेका थिए । प्रसाईंका तर्फबाट प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानका प्रेम थापा मगर, प्रमदीप लिम्बु, देवी प्रसाद संग्रौला, माधवप्रसाद खतिवडा, तेजेन्द्र रायमाझी र मकबुल शाह सहभागी थिए ।

छलफलपछि अभियानबाट मन्त्रालय पुगेकाहरुले सरकारले पहिलो पटक आफूहरुको कुरा सुन्न खोजेको भन्दै खुशी व्यक्त गरेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *