आयन र एक्स्पेङ का आधिकारिक विक्रेता सीजी मोटर्सले थापाथलीमा नयाँ आयन र एक्स्पेङ एक्स्पेरिएन्स सेन्टरको भव्य उद्घाटन गरेको छ। यो नयाँ केन्द्र पुरानो सीजी मोटर्स शोरुम सँगै मुख्य सडकबाट करिब २० मिटर भित्र अवस्थित छ।
नयाँ एक्स्पेरिएन्स सेन्टरले आगन्तुकहरूलाई आयन र एक्स्पेङ का आकर्षक ईभीको लाइनअप नजिकबाट हेर्ने, बुझ्ने र अनुभव गर्ने अवसर प्रदान गर्दछ। ग्राहकहरूले मोडेलहरू प्रत्यक्ष अवलोकन गर्न, टेस्ट ड्राइभ बुक गरेर अत्याधुनिक प्रविधिको अनुभव लिन, साथै सोही स्थानमा बुकिङ र तत्काल डेलिभरीको सुविधा प्राप्त गर्न सक्नुहुनेछ। त्यसमाथी आगन्तुकहरूले विशेष अफरहरू, आकर्षक उपहार्, र सीजी मोटर्सका ईभी विज्ञहरुबाट व्यक्तिगत परामर्श सेवा पनि लिन सक्नुहुनेछ।
यस एक्स्पेरिएन्स सेन्टरको उद्घाटनले सीजी मोटर्सको ग्राहक सेवा प्रतिको अठोटलाई जनाएको छ। विस्तार हुँदै गएका सुविधाहरू र समर्पित सेवा प्रणालीसहित, सीजी मोटर्सले सबै ग्राहकहरूलाई भविष्यमुखी ईभीको प्रत्यक्ष अनुभव लिन नयाँ केन्द्रमा स्वागत गर्दछ ।







