काठमाडौं महानगरपालिकाले माग्यो करार सेवामा ४४ जना कर्मचारी

काठमाडौं । काठमाडौँ महानगरपालिकाले करार सेवामा ४४ जना कर्मचारी माग गरेको छ।

बागमती सरकारबाट जारी स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ र काठमाडौँ महानगरपालिका सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी कार्यविधि, २०७९ बमोजिम आवेदन पेस गर्न आह्वान गरेको छ।

नगर प्रहरी जवान २३ जना, हलुका सवारी चालक १९ जना र कार्यालय सहयोगी दुई जनाका लागि आवेदन आह्वान गरिएको हो । योग्यता पुगेका नागरिकले १५ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *