काठमाडाैं । आरबीबी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने आरबीबी फोकस-४० योजनाको इकाई बाँडफाँड स्थगित भएको छ ।
राष्ट्रिय वाणिज्य बैंक कोष प्रवद्र्धक र आरबीबी मर्चेन्ट बैंकिङ योजना व्यवस्थापक भई निष्कासन गरिएको कुल १० करोड इकाई भन्दा अधिक इकाईमा लगानीका लागि धितोपत्र बोर्डबाट स्वीकृत भएपश्चात मात्र थप इकाईसहित बाँडफाँड गर्नुपर्ने भएको हुँदा इकाई बाँडफाँड स्थगित गरिएको हो ।
थप इकाई स्वीकृतीको प्रक्रियामा रहेको समेत बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले जनाएको छ । सो स्वीकृतीपश्चात उक्त इकाईहरुको बाँडफाँड गरिने समेत जनाइएको छ ।
आरबीबी फोकस-४० को इकाई बिक्री गत भदौ १५ गतेदेखि २४ गतेसम्म खुला गरिएको थियो ।
Artha Sanjal






