काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गुराँस लघुवित्त वित्तीय संस्था र मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य समायोजन भएको छ।
यी दुई कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले गुराँस लघुवित्तको १४.२५ प्रतिशत र मुक्तिनाथ कृषि कम्पनीको ८ प्रतिशत बोनस शेयर समायोजन गरेको छ। समायोजनपश्चात गुराँस लघुवित्तको शेयरमूल्य २,०२१.८८ रुपैयाँ र मुक्तिनाथको १,४५८.३३ रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन गुराँस लघुवित्तको अन्तिम मूल्य २,३१० रुपैयाँ र मुक्तिनाथको १,५७५ रुपैयाँ थियो।
यही समायोजित मूल्यका आधारमा आगामी आइतबार दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।
Artha Sanjal






