पहिलो त्रैमासमा नबिल बैंकको नाफा १ अर्ब नाघ्यो

नबिल बैंकको नाफा चालू आवको पहिलो त्रैमासमा सात प्रतिशतले बढेको छ । बैंकले नाफा बढाएसँगै चालू आवको पहिलो त्रैमासमा एक अर्ब ११ करोड रुपियाँ खुद मुनाफा कमाएको छ ।

यो बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.३९ प्रतिशले बढेको हो । यसले गत आवको सोही अवधिको तुलनामा नाफा बढाउन सकेको भएपनि यसको प्रति शेयर आम्दानी (ईपीएस) भने यो अवधिमा ७.८० प्रतिशतले घटेको छ।

नबिलको गत आर्थिक वर्षको पत्रिलो त्रैमासमा यस्तो आम्दानी एक अर्ब ४८ करोड रुपियाँ थियो । यसको खुद ब्याज आम्दानी ४२.४१ बढेको छ । यसले यो वर्ष २ अर्ब २३ करोड रुपियाँ यस्तो आम्दानी गरेको छ । यो बैंकले समीक्षा अवधिमा गरेको सञ्चालन मुनाफा ७.१३ प्रतिशत बढेको छ। यसको यो अवधिको सञ्चालन मुनाफा एक अर्ब ५८ करोड रुपियाँ रहेको छ ।

बैंकको नेट फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा २६.३२ प्रतिशत बढेको छ। असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८५ करोड १९ लाख रुपियाँ रहेको छ। चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष ४.६७ प्रतिशत बढेको छ। बैंकको निक्षेप १.०८ प्रतिशत बढेको छ भने कर्जा ४.७१ प्रतिशत बढेको छ।

नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। यो बैंकको प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ९४ पैसाबाट ७ रुपियाँ ८० पैसा घटेर ३२ रुपियाँ १४ पैसामा झरेको छ। असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात ४६.५१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४७ रुपैयाँ ३१ पैसा रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *