काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विष्णु रिमाल जस्ता भ्रष्टलाई सल्लाकार राखेर न पार्टीको कल्याण भयो न त सरकारको इत्जत नै रह्यो । मेरो इस्प्रिड बुझ्ने कोही भएनन् भन्दै गलत कामलाई गलत भन्न नसक्ने व्यक्तिको भर पर्दा आज ओली नराम्रोसँग चुकेका छन् । उनले पार्टीमा पेलेर प्रतिवेदनका रुपमा मौखिक भाषण गर्दा धेरैको मन दुखेको थियो ।
त्यही कारण विधान अधिवेशनमा लिखत प्रतिवेदन पेश हुँदा त्यसको विपरीत मत राख्नेलाई प्रतिवेदन प्रस्तुत गर्ने मौका दिएनन् । केन्द्रीय समिति अनिश्चित भएपछि विपक्षी मत केन्द्रीय कमिटिमा भनेपछि कर्ण थापा हच्चिएका थिए ।
आज कर्ण मात्र होइनन् ओलीलाई पुनः अध्यक्ष बन्नु हुँदैन भन्नेहरुमा गोकर्ण विष्ट, योगेश भट्टराई, विष्णु पौडेललाई महासचिवकै कार्यक्षेत्र मिले पनि पृथ्वी सुब्बा गुरुङसमेतले ओलीकै कारण देशमा उल्कापात भयो भन्दै छन् ।
आफूलाई केन्द्र बिन्दुमा राखेर ओलीले पार्टी चलाउन खोज्दा त्यहाँ विद्या भट्टराई, डा. वृन्दा पाण्डे, उषाकिरण तिमिल्सिनाले सहेको अपमानबाट ओलीको बहुबाली कसरी टिक्छ ? ओली सबैको बा हो भनेकै भरमा कानूनी कारबाहीबाट जोगिएकाहरुले पनि हेक्का राखे हुन्छ ।
समय एकनास छैन । राजनीतिमै जीवन अर्पण गर्ने हो भने देखेको गल्तीलाई सुझाबका रुपमा राखे हुन्छ । तर, चाकडी र चाप्लुसीले पार्टी बन्दैन भन्ने सोच्नुपर्छ ।






