राष्ट्रपति पौडेलले गरे गाई पूजा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रथम महिला सविता पौडेलका साथ गाई पूजा गरेका छन्। कात्तिक कृष्ण औँसी अर्थात् गाई तिहारका दिन देवी लक्ष्मीको प्रतीक स्वरूप गाईको पूजा गर्ने गरिन्छ।

राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरेका हुन् । उनले गाईको पूजा गरी खानेकुरा खुवाएका थिए।

हिन्दू संस्कृतिमा गाईलाई लक्ष्मीको रूपमा पूजा गर्ने र धन, समृद्धि तथा सौभाग्यको प्रतीक मानिन्छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *