काठमाडौं। गरिमा विकास बैंकले आफ्नो १९औँ वार्षिक साधारणसभा कार्तिक २७ गते बिहीबार गर्ने भएको छ । सभा बिहान ११ बजे होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरा, कास्कीमा हुने जनाइएको छ । सभाले आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको विकास बैंकको २०८२ आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०८१/०८२ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब, इक्वीटीमा भएको परिवर्तन लगायत वार्षिक वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित छ ।
सभाले सञ्चालक समितिको प्रस्ताव बमोजिम हाल कायम चुक्ता पूँजीको ४.५३ प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस शेयर र नगद लाभांशको कर सहित) वितरण गर्न स्वीकृति प्रदान गर्ने, आर्थिक वर्ष २०८२ /०८३ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ । सभाले संचालक समितिको प्रस्ताव तथा नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बराबरको बोनस शेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने, विकास बैंकको हाल कायम अधिकृत पूँजी बृद्धि गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।
सभाले विकास बैंकको रजिष्टर्ड कार्यालय काठमाण्डौ जिल्ला, काठमाण्डौ महानगरपालिका वडा नं लाजिम्पाटबाट काठमाण्डौ जिल्ला, काठमाण्डौ महानगरपालिका वडा नं ३, बालुवाटारमा स्थानान्तरण गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।
विकास बैंकको छाप तथा लोगो परिवर्तन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने, संचालकहरुलाई प्रदान गरिने बैठक भत्ता तथा टेलिफोन, पत्रपत्रिका र इन्टरनेट खर्च बापत प्रदान गरिने रकम बृद्धि गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।






