काठमाडौं । आज तिहार बिदा अघिको अन्तिम कारोबारमा सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से १६.६७ अंकले बढेर २५०३ को विन्दुमा कायम भएको हो ।
आज १६३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७८ कम्पनीको मूल्य घटेको छ ।
आज दिनभरिमा ३२३ कम्पनीको ६१ लाख ९९ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोडको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको २८ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै हिमालयन ८० २० का इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ६ प्रतिशतका दरले गुमाएका हुन् ।
Artha Sanjal






