सानिमा बैंकको साधारणसभा आज, लाभांश पारित हुँदै

काठमाडौं । सानिमा बैंक लिमिटेडको साधारणसभा आज बस्दैछ। सभा भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा बिहान १० बजेदेखि २१औं वार्षिक साधारणसभा शुरू हुँदैछ। सभाले लाभांशसहितका एजेण्डा पारित गर्नेछ।

बैंकले चुक्ता पूँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै २ अर्ब रुपैयाँ बराबरको ‘८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

त्यसैगरी, गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक समूह ‘क’ बाट ३ जना सञ्चालकको निर्वाचन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि तय गरिएका छन्।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज २७ गते एक दिन बुक क्लोज गरिसकेको छ। यसर्थ असोज २६ गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *