पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न बैंक तथा वित्तीय संस्थालाई समय थप

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको लेखा परिक्षण नभएको (अपरिस्कृत) वित्तीय विवरण प्रकाशित गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई समय थप गरेको छ। पहिलो त्रैमास सकिएको १५ दिनभित्र वित्तीय विवरण प्रकाशन गर्नुपर्ने व्यवस्था छ।

राष्ट्र बैंकले दिएको सुविधासँगै अब बैंकहरूले कात्तिक २१ गतेसम्ममा वित्तीय विवरण प्रकाशित गर्न सक्नेछन्।

त्यस्तै बैंकहरूले पाकेको ब्याजमध्ये कात्तिक १५ गतेसम्म उठेको ब्याजबाहेकको रकमबाट विभिन्न खर्च देखाएर बाँकी रकमलाई नियमनकारी कोषमा जम्मा गर्नुपर्ने भएको छ। आयकर, कर्मचारी बोनस र कोषहरूमा जम्मा गरेको रकम कटाएर बाँकी रकमलाई सञ्चित मुनाफा कोषमा खर्च भएको देखाएर नियमनकारी कोषमा जम्मा गर्न राष्ट्र बैंकले निर्दशन दिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *