सुनको मूल्यले बनायो ऐतिहासिक रेकर्ड, तोलाको २ लाख ४० हजार नाघ्यो

काठमाडाैं। नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारि वृद्धि भएर रेकर्ड ब्रेक गरेको छ । यस दिन सुनको मूल्य प्रतितोला दुई हजार ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आईबार छापावाल सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य भने तोलामा ९५ रुपैयाँले बढेर ऐतिहासिक उचाई बनाएको छ । यस दिन चाँदी प्रतितोला तीन हजार २२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आइतबार चाँदी प्रतितोला तीन हजार १२५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *