जन्ती बोकेको जिप सल्यानमा दुर्घटना, दुलहा–दुलहीसहित १२ जना घाइते

सुर्खेत । सल्यानको शारदा नगरपालिका–९ ज्वालापुरमा बिहीबार साँझ जन्ती बोकेको जिप दुर्घटना भएको छ । बिहीबार बेलुका करिव ६ बजेको समयमा उक्त जिप दुर्घटना हुँदा दुलहा–दुलहीसहित १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटना २ जनाको अवस्था गम्भीर छ भने अन्यको अवस्था सामन्य छ ।

प्रहरी कार्यालय सल्यानका अनुसार, लु.प्र.०२–००१ ज.००२१ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता रमेश खत्री बताए ।

खत्रीका अनुसार, शारदा नगरपालिका—१० भागाचौरबाट वडा नम्बर ९ थापाचौरतर्फ विवाहको लागि जन्ती बोकेर जाँदै गर्दा जिप दुर्घटनामा परेको हो । घटनापछि सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१२ बस्ने वर्ष करिब २६/२७ का जिप चालक हरि बहादुर बुढा फरार भएका छन् ।

घाइतेहरूलाई थप उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *