काठमाडाैं । नेपाल र वेस्ट इन्डिजबीच दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेल आज, सोमबार शारजाहमा हुँदैछ। नेपाली समय अनुसार बेलुका सवा ८ बजे शुरु हुने खेलमा नेपाल टेस्ट राष्ट्रविरुद्धको पहिलो सिरिज जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछ।
यसअघि पहिलो खेलमा नेपालले ऐतिहासिक जित निकालेको थियो। आजको खेलमा पनि जित हासिल गरेमा नेपालले एक खेल अगावै शृंखला जित्नेछ।
वेस्ट इन्डिजका लागि यो ‘डु–अर–डाइ’ खेल हुनेछ। पहिलो खेलमा अप्रत्याशित १९ रनको पराजय बेहोरेको टोली त्यसको बदला लिँदै सिरिज बराबरी गर्ने लक्ष्यमा हुनेछन्।
नेपालले भोलि मंगलबार वेस्ट इन्डिजसँग अन्तिम खेल खेल्नेछ।
Artha Sanjal






