घट्यो सुनचाँदीको मूल्य

काठमाडाैं। नेपाली बजारमा सुनचाँदीको मूल्यमा घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला दुई लाख १६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, यस दिन चाँदी तोलामा ३० रुपैयाँले घटेर दुई हजार ५२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार चाँदी २ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *