युवाको हातमा म्यानेजमेन्ट आएपछि सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको खुद नाफा ह्वात्तै बढेको छ । बैंकको नेतृत्वको मनोज न्यौपानेले सम्हाले पछि ठूलो मात्रामा निष्क्रिय कर्जा घटाएका थिए । न्यौपाने विगत केही महिनादेखि निमित्त प्रमुख कार्यकारी अधिकृतको भूमिकामा थिए । उनले आफ्नो योग्यता र क्षमताको प्रदर्शन गरेर उक्त कर्जा उकासेपछि बैंकको नाफा १८३ प्रतिशतले बढेको हो । पछि बैंकले उनलाई प्रमुख कार्यकारी अधिकृतका रुपमा जिम्मेवारी दिएको छ ।मिति२०७८ चैत्र ३० गते बसेको संचालक समितिको बैठकले उनलाई बैंकको प्रमुखकार्यकारी् अधिकृत पदमाआगामी ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब १ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले एक अर्ब बढी खुद नाफा हो । बैंकले अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै १८३ प्रतिशत नाफा बढाएको जनाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३५ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा ५१ करोड २२ लाख ८८ हजार रुपैयाँ छ ।बैंकको निक्षेप घटेपनि कर्जा विस्तार बढेको छ । बैंकले कुल ९० अर्ब ५२ करोड ४७ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने कुल ८७ अर्ब २ करोड २७ लाख ७७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
आधारदर बढाएको बैंकको ब्याज आम्दानी समेत बढेको छ । जसले गर्दा नाफा बढाउन थप टेवा पुगेको हो । बैंकले चालु आबको तेस्रो त्रैमाससम्म कुल २ अर्ब १४ करोड १६ लाख खुद व्याज आम्दानी गरेको छ । बैंकको खुद ब्याज आम्दानी ११.६६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २१२.७६ प्रतिशत बढेको छ।खुद नाफा उच्चदरले बढेसँगै बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८८ पैसाले बढेर १४ रुपैयाँ १७ पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ १६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.१७ गुणा रहेको छ। बैंकको कर्जा निक्षेप अनुपात ९३.५७ प्रतिशत, पुँजीकोष अनुपात ११.७० प्रतिशत बैंकको बेसरेट ९.६३ प्रतिशत छ ।
बैंकको चुक्ता पूँजी ५।७४ प्रतिशतले ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार रुपैयाँ पुगेको छ । यस्तै, बैंकको जगेडा कोषमा १ अर्ब ७९ करोड ८ लाख ९१ हजार रुपैयाँ छ ।






