घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला दुई लाख १५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य भने बढेको छ । शुक्रबार तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य २ हजार ५७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *