काठमाडौं । बुद्ध एयरले देशभरको अस्वभाविक एवं गम्भीर परिस्थिति तथा सुरक्षासम्बन्धी कारण देखाउँदै आजका लागि तय भएका सम्पूर्ण उडान स्थगन र रद्द गरेको छ।
बुद्ध एयरले सोमबार एक सूचना जारी गर्दै यात्रुहरूलाई हुने असुविधाप्रति क्षमा मागेको छ। एयरलाइन्सले “आजका सम्पूर्ण उडान स्थगन एवं रद्द गरिएको छ” भन्दै यात्रुहरूलाई आवश्यक सहयोग र जानकारीका लागि सम्पर्क गर्न आग्रह गरेको छ।
Artha Sanjal






