हालसम्मकै उच्च विन्दुमा सुनको मूल्य,कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर रेकर्ड बनाउदै बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार ७०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ४५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला २ लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । आज चाँदी तोलामा ४५ रुपैयाँले बढेर २ हजार ४७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *