स्काईलाईन ईन्फ्राले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा हिमालय सेक्युरिटिज बैंकर

काठमाडाैं । स्काईलाईन ईन्फ्रा लिमिटेडलेआईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले हिमालय सेक्युरिटिज बैंकर लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

दुवै कम्पनीबीच सेयर निष्काशन सम्बन्धमा निष्काशन तथा बिक्री प्रबन्ध सम्झौता सम्पन्न भएको छ । यस सम्झौताले स्काईलाईन ईन्फ्रा लिमिटेडलाई नयाँ व्यवसायिक यात्रा तथा कम्पनीको विस्तारमा थप सहयोग पुऱ्याउने विश्वास गरिएको छ ।

सम्झौताको हस्ताक्षरमा स्काईलाईन ईन्फ्राको तर्फबाट राजेश अग्रवाल (संस्थापक), सत्यनारायण केयल (संस्थापक), सुभाष अग्रवाल (संस्थापक, राजेश हार्डवेयर प्रालि), विनोद श्रेष्ठ (संस्थापक), प्रतीक अग्रवाल (अध्यक्ष), आकृति अग्रवाल (सञ्चालक), अंकुर भंगर अग्रवाल (सञ्चालक) र सञ्जय रौनियार (प्रमुख वित्त अधिकृत) तथा वडा कार्यालयको तर्फबाट सुशिल कुमार कानु (वडा अध्यक्ष, १० नं. वडा कार्यालय, बिरगञ्ज मनपा), सिद्धान्त कुन्कुन्वाला (मान्यता प्राप्त लेखापरीक्षक, सुभाष एण्ड कम्पनी) तथा कमलमोहन पोखरेल (कानूनी सल्लाहकार) ले प्रतिनिधित्व गरेका थिए ।

यस्तै हिमालय सेक्युरिटिज बैंकर लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाष बहादुर श्रेष्ठ र नायब महाप्रबन्धक शंकर राजबाहकको प्रतिनिधित्व रहेको थियो ।

स्काईलाईन ईन्फ्रा लिमिटेड सरोवर पोर्टिको ब्राण्ड अन्तर्गत चारतारे होटलको रुपमा स्थापित रहेको छ । जसले बैंक्वेट हल, अन्तर्राष्ट्रिय चेन रेष्टुरेण्ट, स्विमिङ्ग पुल, स्पा, क्यासिनो, क्युएफएक्स सिनेमा हलको सेवा सुविधा प्रदान गर्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *