काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।
कम्पनीले गत साउन २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ४८ हजार ९०४ कित्ता सेयर निष्काशन गरेको थियो। यसमा कुल २२ लाख ५ हजार ८७१ जनाले २ करोड ४५ लाख १२ हजार ५३० कित्ता सेयरका लागि आवेदन दिएका थिए । यसमध्ये २१ लाख ९७ हजार ५८२ आवेदन स्वीकृत भएको थियो भने ८ हजार २८९ आवेदन रद्द भएको थियो।
मागभन्दा बढी आवेदन परेका कारण गोला प्रथा गरेर कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो। यसअनुसार १ लाख २४ हजार ८९० आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्। बाँकी रहेको ४ कित्ता थप ४ जनाले प्राप्त गरेका छन् ।
Artha Sanjal






