‘नाडा अटो शो २०२५’ ले बनायो ऐतिहासिक रेकर्ड: तीन दिनमै ७८ हजारले गरे अवलोकन

काठमाडौं । शोनाडा अटो  २०२५ ले यसपटक फेरि एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यस वर्ष, ३ दिनमै ७८ हजार ५१३ अवलोकनकर्ता सहभागी भइसकेका नाडाले जनाएको छ।

यो तथ्यांकले नेपाली जनतामा आर्थिक चुनौती र कठिनाइबीच पनि अटो शो प्रतिको बढ्दो उत्साह, विश्वास र समर्थनलाई स्पष्ट रूपमा प्रकट गरेको नाडाको भनाई छ।

‘नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्षका हैसियतले म यो उपलब्धिलाई एउटा अन्त्य नभई नयाँ सुरुवातको रूपमा लिन्छु । यसले हाम्रो अपेक्षा अझ उचालिएको छ, र नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन हाम्रो आत्मविश्वास थप मजबुत भएको छ,’ नाडाका अध्यक्ष करण चौधरीले विज्ञप्ति जारी गर्दै भनेका छन् ।

त्यस्तै उनले यसलाई एक ऐतिहासिक सफलता मान्दै नाडा अटो शोप्रति उत्साह देखाउने सबै प्रदर्शक, प्रायोजक, सरकारी निकाय, सञ्चारकर्मी  र सबै अवलोकनकर्ताहरूलाई नाडाको तर्फबाट धन्यवाद ज्ञापन गरेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *